नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिकामा हेरफेर

काठमाडौं । नेपाल पत्रकार महासंघको असार २२ गतेका लागि तय भएको निर्वाचन कार्यतालिकामा हेरफेर भएको छ । संशोधित कार्यतालिका अनुसार मतदाता अन्तिम नामावली प्रकाशन असार १४ गते शुक्रबार अपरान्ह ४ बजेका लागि सरेको छ । यसअघि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बुधबार अपरान्ह ४ बजेका लागि तय भएको थियो ।
संशोधित कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता असार १५ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि तय भएको निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालले जानकारी दिए । उनका अनुसार उम्मेदवारको नामावली प्रकाशन असार १५ गते साँझ ८ बजे हुनेछ । यस्तै उम्मेदवारमाथि दाबी, विरोध असार १५ गते शनिबार साँझ ८ बजेदेखि असार १६ गते आइतबार बिहान ११ बजेसम्मका लागि तोकिएको छ ।
प्रतिक्रिया