बालिका यौन दुर्व्यवहार आरोपमा अपराध अनुसन्धानका इन्सपेक्टर पक्राउ

काठमाडौं। बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका हुन्।

शिवाकोटीलाई १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।  घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ। प्रहरी स्रोतका अनुसार बालिका शिवाकोटीको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आइरहेकी थिइन्। शिवाकोटीले नै पढाइदिने भनेर सानै उमेरमा कामदारको रुपमा ल्याएर राखेका थिए। बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा  शिवाकोटीले आफूमाथि बलाकार गरेको उजुरी गरेकी थिइन्। उजुरी लगतै प्रहरी वृत्त स्वयम्भूले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो। शिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर