जापानी विदेशमन्त्रीद्वारा हनुमानढोका क्षेत्रको अवलोकन
काठमाडौं । जापानका विदेशमन्त्री खामिखावा योकोले आज दिउँसो काठमाडौंको हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका छन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताएकी थिइन् । अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन् । उनका साथमा नेपालका लागि जापानी राजदूत किकुता युताकालगायत थिए । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।
प्रतिक्रिया
