सन्दीपले सफाइ पाउने सम्भावना छ कि छैन भन्ने प्रश्नले बजारमा सरगर्मी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकेको छ ।

यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए । आज हुने सुवाइसँगै के सन्दीपले सफाइ पाउने छन् ? के सफाइ पाएपछि विश्वकप खेल्ने टोलीमा संलग्न गराइने छ ? भन्ने आदिइत्यादि अनेकन प्रश्नले बजार पाएको छ । अर्कोतर्फ के उच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गर्नेछन् ? यो प्रश्न पनि टड्कारो रूपमा उब्जिएको छ ।

आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुङ्गेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । यस अघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको यो मुद्दा आज तेस्रो स्थानमा रहेको छ । यस मुद्दामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्म मितिको विवरण झिकाउन आदेश दिइएको थियो । काठमाडौं  अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर