काठमाडौंमा कवाडी व्यवसायीहरूको विरोध प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकाका कवाडी व्यवसायीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाको वडा कार्यालयहरूले ७ देखि ३५ दिनको म्याद तोकी कवाडी हटाउने आदेश दिएपछि व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले न्यून आर्थिक अवस्थाका लाखौँ नागरिकको रोजीरोटी खोसिने भन्दै निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

सरकारले सरसफाइका लागि लगानी गर्नुको साटो कवाडी पेशाकर्मी तथा व्यवसायीले राज्यलाई तिरो तिरेर व्यवसाय चलाइरहँदा समेत विस्थापित बनाउन खोजेको आरोप लगाए । आइतबार कवाडी व्यवसायीको जुलुस शंखमूलदेखि त्रिपुरेश्वर, सुन्धारा हुँदै प्रदर्शनीमार्गमा पुगेर विरोध सभामा परिणत भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर