अनलाइनमार्फत करिब ५० लाख ठगी गर्ने चारजना पक्राउ

काठमाडौं ।  प्रहरीले अनलाइनमार्फत ४९ लाख ५८ हजार आठ सय रुपैयाँ ठगी गर्ने सञ्जालका चार जना पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार फेसबुक, ह्वाट्स एप, भाइबर इमो जस्ता तथा सामाजिक सञ्जालका विभिन्न अकाउण्टबाट साथी बनी कुराकानीको क्रममा रकम माग गर्नुको साथै फेसबुक पेजमा महँगो ब्राण्डका मोबाइल तथा आइफोन सस्तोमा खरिद बिक्री वितरण गरेको लाइभ भिडियो राख्ने गरेको पाइएको छ।

उनीहरूले अनलाइन च्याटमा विभिन्न ब्राण्डका मोबाइल सेट, आइफोन जस्ता महँगो मूल्यका मोबाइल सेट उपलब्ध गराइ दिने प्रलोभन  देखाइ रकम पठाउन लगाउने र अमेरिका लगायतका देशबाट पार्सल स्वरूप सुनका गरगहना, औँठी, जुत्ता, कपडा जस्ता सामान पठाइदिएका छौँ भनी भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनका लागि रकम पठाउन लगाउने गरेको प्रहरीले जनाएको छ।

यस लगायत आकर्षक तलब सुविधामा विदेश पठाइ दिन्छौँ भनेर विश्वास दिलाइ ठगी गर्ने स्थायी घर सर्लाही भएर हाल काठमाडौँ बानेश्वर बस्ने २१ वर्षीय आदित्यकुमार सिंह, सर्लाही घर भएर बानेश्वर बस्ने २० वर्षीय सिद्धार्थकुमार सिंह, बारा घर भएर भक्तपुर बस्ने २२ वर्षीय राम सेवक राम र पर्सा घर भई हाल भक्तपुर बस्ने २४ वर्षीय आकाश साह सोनार गरी चार जना पक्राउ परेका छन्। प्रहरीका अनुसार ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर