गोपाल ढकालको हत्याको अभियोगमा भक्तपुरका सन्तोष सुवाल पक्राउ
काठमाडौं । भक्तपुरको सूर्यविनायकमा गोपाल ढकालको हत्या भएको सिलसिलामा प्रहरीले सन्तोष सुवाललाई पक्राउ गरेको छ । ढकालको यही फागुन ११ गते ढकालको हत्यामा भएको थियो । सुवाललाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरले जनाएको छ।
‘हत्यापछि फरार रहेका सन्तोष काभ्रेबाट पक्राउ परेको सूचना हामीलाई आएको छ, यससम्बन्धमा हामी थप विवरण आजै सार्वजनिक गर्नेछौँ’, प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रतिक्रिया
