सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो। बुधबार प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ५७ हजार ६०० रुपैयाँमा झरेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँ रहेको चाँदी आज ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको छ। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख २० हजार ८५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ८५९ रुपैयाँ निर्धारण गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर