प्रहरी महानिरीक्षकमा मनोज केसी नियुक्त, दानबहादुर कार्की अदालत जाने तयारी

काठमाडौं ।  सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि उहाँ एआइजी जिम्मेवारीमा रहनुभएको थिए ।

मन्त्रीपरिषदको बुधबार बसेको बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो। हालका आइजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३ कात्तिक १८ को निर्णय 

१) वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिर्जना गर्ने।

२) प्रकरण १– बमोजिमको विशेष सुरक्षा सल्लाहकार पदमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीलाई खटाउने।

३) प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्की प्रकरण २– बमोजिम प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटिइ रिक्त हुने प्रहरी महानिरीक्षक पदमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम मिति २०८३ कात्तिक १८ गते देखि लागु हुनेगरी बढुवा गर्ने।

(नव नियुक्त प्रहरी महानिरीक्षक मनोज केसी)

दानबहादुर कार्की सरकारी निर्णय विरुद्ध अदालत जाने

प्रहरी महानिरीक्षक दानबहादुर कार्की आफूलाई हटाउने सरकारी निर्णय विरुद्ध अदालत जाने भएका छन् । सरकारको निर्णयपछि उनले निकटस्तहरुसँग छलफल गरेको र सरकारको निर्णय सार्वजनिक भएलगत्तै अदालत जाने प्रतिक्रिया दिएको बताइएको छ ।

कार्कीले सल्लाह गरेका एक निकटस्तका अनुसार, उनले अब कानुनी लडाइँमा जान बताएका हुन् ।
मन्त्रिपरिषदको मंगलबारको बैठकले कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर