पृथ्वी राजमार्ग : कृष्णभिरको विकल्प खोजिँदै

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत परेवाभिरमा भासिएको सडकसँगैको भिर काटेर डाइभर्सन खोलिएको छ । करिब चार मिटर चौडाइ र एक सय मिटर लम्बाइको डाइभर्सन खोलिएको पृथ्वी राजमार्ग नौबिसे–मलेखु पुनर्निर्माण आयोजनाका इन्जिनियर राजीव मानन्धरले जानकारी दिएका छन् । “मुख्य राजमार्ग भासिएपछि त्यसलाई सञ्चालनमा ल्याउन पनि सँगैको भिर काट्नुपर्ने थियो । साना–साना पहिरो पन्छाएर डाइभर्सन खोलिएको छ”, उनले भने ।

गजुरी गाउँपालिका–२ मा पर्ने परेवाभिरमा करिब एक सय मिटर सडक त्रिशूली नदीको निरन्तर कटानका कारण सडक भासिएको हो । परेवाभिरसँगै बेनिघाट रोराङ गाउँपालिका–७ शीतलबजारमा पनि करिब २० मिटर सडक चिरिएर भासिएको छ । सडक भासिने र चिरिने क्रम अझै जारी रहेको इन्जिनियर मानन्धरले बताए ।

यसैबीच, पृथ्वी राजमार्गकै कृष्णभिरमा सडक भासिएपछि वैकल्पिक मार्गको खोजी भइरहेको छ । कृष्णभिरमा करिब एक सय २० मिटर सडक छेउको नालीसहित भासिएको छ । कृष्णभिरको विकल्पका रूपमा हेरिएको फिस्लिङ–बेनिघाट (गोरखातर्फ) सडकको अहिले अध्ययन भइरहेको इन्जिनियर मानन्धरले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर