जीपमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु
काठमाडौं । झापाको मेचीनगरमा स्कुटर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१२, धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको जीपमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे७प ७२८३ नम्बरको स्कुटर सडकको बायाँतर्फ बिग्रिएर रोकिराखेको को१च ७२६४ नम्बरको जीपमा ठोक्किन पुगेको थियो । मृत्यु हुनेमा स्कुटर चालक बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुंगेल र त्यसमा सवार इलामको रोङ गाउँपालिका–५, बहुवनका २९ वर्षीय चेतन रिजाल छन् ।
प्रतिक्रिया
