डा. गोविन्द केसीले अनशन तोडे

काठमाडौं ।  डा. गोविन्द केसीले अनशन तोडेका छन् । गत वैशाख २९ गतेदेखि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका थिए । पशुपति क्षेत्रमा अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई शिक्षण अस्पताल महाराजगन्ज लागिएको थियो । त्रिवि शिक्षण अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२‍औं अनशन तोडेका हुन् । उनले सरकारले आफ्नो अनशन बेवास्ता गरेको भन्दै  तोडेको बताए ।

 

केसीले राखेका चार बुँदे माग

. सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा । निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस्।

२. सबै नेपालीलाई गुणस्तरीय साथै निशुल्क औषधि – उपचारको व्यवस्था गरियोस्।

३. जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी – गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज/प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन तुरुन्त पारित ग र्नेलगायत सबै सम्झौताहरु कार्यान्वयन गर्न।

४. कार्की आयोगले दोषी ठहऱ्याएका व्यक्तिहरूलाई कारवाही गर्न माग गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर