युकेजीका छात्र आरभ बन्धुको चित्रकला प्रदर्शनी आयोजना हुने
काठमाडौं । काठमाडौंको अत्तरखेलस्थित चेल्सी वर्ल्ड स्कुलमा युकेजीमा अध्ययनरत ६ वर्षका आरभ बन्धुको एकल चित्रकला प्रदर्शनी आगामी आइतबार हुने भएको छ ।
छात्र आरभ बन्धु थापाले कोरेका सम्पदा तथा प्रकृतिका विम्ब चित्रहरू प्रदर्शनीमा राखिने छन् । बाल प्रतिभाको कदरस्वरूप चेल्सी वर्ल्ड स्कुलको समन्वयमा एन. बी. सेन्टरको उमोजा कफी नेपालमा यही चैत्र २५ गते आइतबार बिहान ११ बजेदेखि ६ बजेसम्म प्रदर्शनी आयोजना गरिने छ । प्रदर्शनीमा करिब २५ वटा चित्रकला समावेश गरिने चेल्सी वर्ल्ड स्कुलले जनाएको छ ।

प्रतिक्रिया
