मौसम : देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ

काठमाडौं । मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको भइरहेको छ ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री ७ सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३० दशमलव ८ डिग्री पुग्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर