संक्रमणकालीन न्याय विधेयकका सम्बन्धमा नेताहरूबीच छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस भापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान बेग्लाबैग्लै भेट गरेका छन् । उनीहरू भेट सँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा नेताहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारले संक्रमणकालीन न्यायसमबन्धी विधेयकमा सबै दलको सहमति बनोस भन्ने चाहिरहेको यदि सहमति नबनेमा बहुमतीय प्रणालीमार्फत विधेयक पारित गर्ने बताउँदै आएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने सहमतिबाटै यो विषय टुंग्याउनुपर्ने अडानमा छ।
मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वैच्छाचारी रुपमा क्रुरतापूर्वक गरिएको हत्या, दोहोरो भीडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा दलहरूबीच फरक फरक धारण रहेको छ ।
